LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना सालझण्डीमा रहेको कोटियादेवी माध्यमिक विद्यालयले भोली फागुन ७ गते बुधबारदेखि श्रीमद भागवत धनधान्याचल ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

विद्यालयको शैक्षिक स्तरोन्नती, गुणस्तर अभिबृद्धि र जग्गा व्यवस्थापनका लागि आर्थिक सहयोगार्थ बुधबारदेखि हुने महायज्ञ फागुन १४ गतेसम्म हुने भएको हो ।
महायज्ञमा अन्तर्राष्ट्रिय स्तरका प्रखर कथाबाचक प्रबीण पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गर्ने कार्यक्रम छ ।

विद्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि महायज्ञका बिषयमा जानकारी गराएका हो ।

महायज्ञ आयोजक समितिका संयोजक स्थानीय समाजसेवी तिलकराम घिमिरेले विद्यालयको शैक्षिक स्तर उन्नती, जग्गा व्यवस्थापन र शैक्षिक अभिबृद्धिका लागि महायज्ञ आयोजना गरिएको बताउँदै महायज्ञमा उपस्थित भई विद्यालयको विकासमा सहयोग गर्न सवैसंग आग्रह गर्नुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनाखर घिमिरेले सडकको किनारमा रहेका र पहुँच भएका विद्यालयलाई बजेट पर्ने तर सडकदेखि टाढा ग्रामीण क्षेत्रमा रहेका विद्यालयलाई बेवास्ता गर्ने र हेर्ने दृष्टिकोणमा समेत फरक हुने गरेको भन्दै विद्यालयको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले महायज्ञ आयोजना गरिएको बताउनुभयो ।

त्यसैगरी पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक रमेश भुसालले विद्यालयको पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले बेलाबेलामा सहयोग गर्दै आएपनि त्यो सहयोगले विद्यालयको आवश्यकता धान्न नसकेकोले महायज्ञ गर्नुपरेको बताउनुभयो ।

महायज्ञमा फागुन ७ गते विहान ७ बजेदेखि ९.३० बजेसम्म पूर्वाङ्ग मूलपाठ, विहान ९.३० बजेदेखि शोभा कलशयात्रा र सोही दिन दिउँसो महायज्ञ उदघाटन गरिने भएको हो ।
त्यसैगरी फागुन ८ गतेदेखि १३ गतेसम्म विहान ७ बजेदेखि १० बजेसम्म नित्य पुजन, विहान ११ बजेदेखि संगीतमय कथा प्रचचन तथा झाँकी र साँझ साढे ४ बजेदेखि साढे ५ बजेसम्म आरती, पुष्पाञ्जली एवं गुरुहरुबाट टिका, फूल प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय