LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

बुटवल–गोरुसिङ्गे सडक विस्तारका क्रममा पुल निर्माणको कामसँगै सडक किनारका रुख काट्न सुरु गरिएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले निर्माण व्यवसायीले सडक विस्तारका क्रममा सडक किनारको क्षेत्र खाली गराउनुपर्ने भएकाले अहिले रुख काट्ने अभियान सुरु गरेको जानकारी दिएको छ ।

आयोजना प्रमुख कुशलता न्यौपानेले सडक विस्तारका क्रममा एकसाथ चार वटा पुल निर्माणको कामसमेत हुँदै गरेको र सडक किनारका रुख काट्ने र विद्युत्का पोल सार्ने काम भइरहेको बताउनुभयो । बुटवल–गोरुसिङ्गे २५ किलोमिटर सडक निर्माणका क्रममा सडकको मापदण्डभित्र परेका करिब सात हजार रुख काटिने भएका छन् । यही क्रममा निर्माण व्यवसायीले रुपन्देहीको सैनामैना नगरपालिका–११, सालझन्डी, बाँसगढी र रामापुर क्षेत्रबाट अहिले रुख कटानको काम सुरु गरेका छन् ।

आयोजनाले करिब सात हजार रुख कटान गर्दा ७० हजार रुख रोप्ने भएको छ । आयोजना प्रमुख न्यौपानेले एउटा रुख कटान बराबर १० वटा अरू रुख रोप्ने सर्तबमोजिम ७० हजार रुख रोपिने बताउनुभयो ।

सडक विस्तारकै लागि सडक किनारमा रहेका करिब सात हजारभन्दा बढी रूख काट्न सडक विभागले दुई महिनाअघि नै स्वीकृति दिइसकेको थियो ।
उहाँले सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्रीहरू ठाउँ ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, पुल बनाउने र अन्डरपास हुने स्थानको पुनः माटो परीक्षण गर्नेलगायतका काम प्रथम चरणमै सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

विसं २०१९ मा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम हुन लागेको हो । बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काईकन गर्ने पूर्वतयारी छ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो । आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५÷२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । यो सडकमा गाडी गुडाउन मिल्ने छ वटा ‘अन्डर पास’, पैदल यात्रुका लागि १२ वटा ‘अन्डर पास’ र ११ वटा ‘ओभरहेड ब्रिज’, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा ‘अन्डर पास’ बनाइने आयोजनाले जनाएको छ । सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय