LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम हुने बताउनु भएको छ । बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सो कुरा बताउनु भएको हो ।

पत्रकार सम्मेलनमा कोइरालाले भन्नुभयो– ‘नेपाली कांग्रेस पुरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधान अनुसार समयमा महाधिवेशन गरौँ भनेको छु । महाधिवेशन समयमै गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम बन्छ ।’

उहाँले यो पटकको महाधिवेशनमा आफू सभापतिका लागि अघि बढेको सङ्केत गर्दै भन्नुभयो– ‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु ।’
अहिले देशको अवस्था निकै नाजुक रहेको बताउँदै उहाँले हामी सबैले निकै गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

नेता कोइरालाले भन्नुभयो –‘हैन भने देश अप्ठ्यारोमा जान्छ । यो देशमा सुशासन छँदै छैन ।अहिलेको गठबन्धनले ७ बुँदे समझदारी गरेको स्मरण गराउँदै उहाँले तर त्यो कार्यान्वयन नभएको उहाँको भनाई छ ।
नेता कोइरालाले पछिल्लो समय दुई ठुला दल मिले निरंकुशता हुन्छ भन्ने प्रसङ्गप्रति कुरा राख्दै हामीले खबरदारी पनि गरेका छौ, सबैतिर खबरदारी गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय