LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम हुने बताउनु भएको छ । बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सो कुरा बताउनु भएको हो ।

पत्रकार सम्मेलनमा कोइरालाले भन्नुभयो– ‘नेपाली कांग्रेस पुरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधान अनुसार समयमा महाधिवेशन गरौँ भनेको छु । महाधिवेशन समयमै गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम बन्छ ।’

उहाँले यो पटकको महाधिवेशनमा आफू सभापतिका लागि अघि बढेको सङ्केत गर्दै भन्नुभयो– ‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु ।’
अहिले देशको अवस्था निकै नाजुक रहेको बताउँदै उहाँले हामी सबैले निकै गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

नेता कोइरालाले भन्नुभयो –‘हैन भने देश अप्ठ्यारोमा जान्छ । यो देशमा सुशासन छँदै छैन ।अहिलेको गठबन्धनले ७ बुँदे समझदारी गरेको स्मरण गराउँदै उहाँले तर त्यो कार्यान्वयन नभएको उहाँको भनाई छ ।
नेता कोइरालाले पछिल्लो समय दुई ठुला दल मिले निरंकुशता हुन्छ भन्ने प्रसङ्गप्रति कुरा राख्दै हामीले खबरदारी पनि गरेका छौ, सबैतिर खबरदारी गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय