LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल ११ देवीनगरमा रहेको नविन औद्योगिक कद्दरबहादुर रिता माध्यमिक विद्यालयले विहिबार नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा बुटवलका सामुदायिक र संस्थागत गरि १७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम गार्गी एकेडेमी बुटवल, दोश्रो कान्ति माध्यमिक विद्यालय र तृतीय न्यू होराईजन इङलिश बोर्डिङ स्कुल भएको छ ।

बिजयी सहभागी विद्यालयलाई बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी र विद्यालयका सहप्रधानाध्यापक रोमनाथ घिमिरेले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याल हुनुहुन्थ्यो ।

हाजिरीजवाफ प्रतियोगिताको अध्यक्षता विद्यालयका सहायक प्रधानाध्यापक रोमनाथ घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम संयोजक क्वीज मास्टर अर्जुन चापागाई हुनुहुन्थ्यो । त्यसैगरी स्वागत मन्तब्य शिक्षक लक्ष्मण भुसालले गर्नुभएको कार्यक्रमको संचालन शिक्षक केशवराज पन्थले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय