LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा प्रतिभा सप्ताह सुरु भएको छ । क्याम्पसको आउदै गरेको वार्षिकोत्सबको अवसर पारी खेल सप्ताह सुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि क्याम्पस सञ्चालक समिति सदस्य यदुलाल पन्थले विद्यार्थीका प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।

उदघाटन कार्यक्रमपछि भएको म्याराथन दौडमा छात्रतर्फ भानुकुमार यादब प्रथम भएका छन भने द्वितीय रुपान बिक भएका छन । यस्तै कौशल जैशी तृतीय भएका छन ।
यसैगरी म्याराथन दौडमा छात्रातर्फ विपना जैशी प्रथम भएकी छिन भने द्वितीय शान्ती भण्डारी र तृतीय स्थानमा गीता बिक भएकी छिन ।
शुक्रबार भएको सर्टपुट छात्रतर्फ रमेश पाण्डे प्रथम हुन सफल भएका छन भने द्वितिय टिविसन कुँवर र तृतीय स्थानमा रमेश शर्मा आउन सफल भएका छन ।
सटपुट छात्रातर्फ प्रथम रोमा अधिकारी, द्वितिय बिपना जैशी र तृतीय स्थानमा अनिता थारू आउन सफल भएकी छिन ।
प्रतिभा सप्ताह अन्तरगत म्याराथन, सटपुट, हाजिरीजवाफ, क्रिकेट, चेस, भलिबल, बास्केटबल, कविता, वक्तृत्वकला, लङजम्प, हिज्जे, एकल लोकनृत्य र टेवलटेनिस प्रतियोगिता सम्पन्न हुनेछन ।
उदघाटन कार्यक्रम क्याम्पस प्रमुख हेमबहादुर थापाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रम क्याम्पसका अतिरिक्त क्रियाकलाप समिति संयोजक सागर ज्ञवालीको स्वागत एवम् प्राध्यापक बिष्णु अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय