LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा प्रतिभा सप्ताह सुरु भएको छ । क्याम्पसको आउदै गरेको वार्षिकोत्सबको अवसर पारी खेल सप्ताह सुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि क्याम्पस सञ्चालक समिति सदस्य यदुलाल पन्थले विद्यार्थीका प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।

उदघाटन कार्यक्रमपछि भएको म्याराथन दौडमा छात्रतर्फ भानुकुमार यादब प्रथम भएका छन भने द्वितीय रुपान बिक भएका छन । यस्तै कौशल जैशी तृतीय भएका छन ।
यसैगरी म्याराथन दौडमा छात्रातर्फ विपना जैशी प्रथम भएकी छिन भने द्वितीय शान्ती भण्डारी र तृतीय स्थानमा गीता बिक भएकी छिन ।
शुक्रबार भएको सर्टपुट छात्रतर्फ रमेश पाण्डे प्रथम हुन सफल भएका छन भने द्वितिय टिविसन कुँवर र तृतीय स्थानमा रमेश शर्मा आउन सफल भएका छन ।
सटपुट छात्रातर्फ प्रथम रोमा अधिकारी, द्वितिय बिपना जैशी र तृतीय स्थानमा अनिता थारू आउन सफल भएकी छिन ।
प्रतिभा सप्ताह अन्तरगत म्याराथन, सटपुट, हाजिरीजवाफ, क्रिकेट, चेस, भलिबल, बास्केटबल, कविता, वक्तृत्वकला, लङजम्प, हिज्जे, एकल लोकनृत्य र टेवलटेनिस प्रतियोगिता सम्पन्न हुनेछन ।
उदघाटन कार्यक्रम क्याम्पस प्रमुख हेमबहादुर थापाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रम क्याम्पसका अतिरिक्त क्रियाकलाप समिति संयोजक सागर ज्ञवालीको स्वागत एवम् प्राध्यापक बिष्णु अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय