LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तरमावि विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सैनामैनाका सामुदायिक र संस्थागत गरि १० विद्यालयको सहभागिता रहेको थियो ।

सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा सैनामैना पर्रोहा परमेश्वर विद्यालय प्रथम भएको छ भने दोश्रो लुम्बिनी ज्ञान निकेतन कञ्चन र तेश्रो रामापुर माध्यमिक विद्यालय हुन सफल भएका छन ।

क्याम्पस प्रमुख हेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यदुलाल पन्थको विशेष आतिथ्यता रहेको थियो भने स्वागत प्राध्यापक दिनेश पन्थी र कार्यक्रमको संचालन प्रकाश खनालले गर्नुभएको थियो ।
यसअघि क्याम्पसले प्रतिभा सप्ताह कार्यक्रम सुरु गरिसकेको छ । क्याम्पसको आउदै गरेको वार्षिकोत्सबको अवसर पारी खेल सप्ताह सुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय