LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तरमावि विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सैनामैनाका सामुदायिक र संस्थागत गरि १० विद्यालयको सहभागिता रहेको थियो ।

सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा सैनामैना पर्रोहा परमेश्वर विद्यालय प्रथम भएको छ भने दोश्रो लुम्बिनी ज्ञान निकेतन कञ्चन र तेश्रो रामापुर माध्यमिक विद्यालय हुन सफल भएका छन ।

क्याम्पस प्रमुख हेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यदुलाल पन्थको विशेष आतिथ्यता रहेको थियो भने स्वागत प्राध्यापक दिनेश पन्थी र कार्यक्रमको संचालन प्रकाश खनालले गर्नुभएको थियो ।
यसअघि क्याम्पसले प्रतिभा सप्ताह कार्यक्रम सुरु गरिसकेको छ । क्याम्पसको आउदै गरेको वार्षिकोत्सबको अवसर पारी खेल सप्ताह सुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय