LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 33;

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल बितरण सुरु गरेको छ ।

खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरेको हो । खासगरी रासायनिक मलको प्रयोगले उब्जाउ कम हुने, कतिपय स्थानमा खेती नै नहुने समस्या कम गरी उर्वराशक्ति ह्रास हुन नदिन तथा माटोलाई मर्न नदिन, अम्लीयपन बढ्नबाट रोक्न र उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग बढाउने उदेश्यले अनुदानमा ंप्राङ्गारिक मल बितरण सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनुभयो ।

उहाँले किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने हुदा नगरपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन गरेको बताउनुभयो ।

नगरपालिकाले बितरण गर्न लागेको यो मल खासगरी कौसी खेती, करेसावारी, फलफुलका बिरुमाहरुमा बढी लाभदायी हुने नगरपालिकाका कृर्षी शाखा प्रमुख योगेन्द्र प्रशाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा नगरपालिकाले सातसय ७२ बोरा प्राङ्गारिक मल बितरण गर्ने छ ।
२५ कलिोग्रामको एक बोरालाई बजारमा प्रतीकेजी ३२ रुपैया पर्दछ ।

नगरपालिकाले कृषकलाई १६ सय रुपैयामा बितरण गरिरहेको हो । यो मल झारपात, खुखुराको सुलि जस्ता फालिएका फोहोरबाट बन्ने हुँदा अर्गानीक खेतीको लागी बढी उपयोगी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय