LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 33;

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल बितरण सुरु गरेको छ ।

खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरेको हो । खासगरी रासायनिक मलको प्रयोगले उब्जाउ कम हुने, कतिपय स्थानमा खेती नै नहुने समस्या कम गरी उर्वराशक्ति ह्रास हुन नदिन तथा माटोलाई मर्न नदिन, अम्लीयपन बढ्नबाट रोक्न र उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग बढाउने उदेश्यले अनुदानमा ंप्राङ्गारिक मल बितरण सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनुभयो ।

उहाँले किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने हुदा नगरपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन गरेको बताउनुभयो ।

नगरपालिकाले बितरण गर्न लागेको यो मल खासगरी कौसी खेती, करेसावारी, फलफुलका बिरुमाहरुमा बढी लाभदायी हुने नगरपालिकाका कृर्षी शाखा प्रमुख योगेन्द्र प्रशाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा नगरपालिकाले सातसय ७२ बोरा प्राङ्गारिक मल बितरण गर्ने छ ।
२५ कलिोग्रामको एक बोरालाई बजारमा प्रतीकेजी ३२ रुपैया पर्दछ ।

नगरपालिकाले कृषकलाई १६ सय रुपैयामा बितरण गरिरहेको हो । यो मल झारपात, खुखुराको सुलि जस्ता फालिएका फोहोरबाट बन्ने हुँदा अर्गानीक खेतीको लागी बढी उपयोगी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय