LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीमा ९२ प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइएको छ । रुपन्देहीमा ५९ हजार दुई सय १५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने लक्ष्य लिइएकोमा ५४ हजार पाँच सय २९ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा पहिलो चरणमा आठवटा पालिकामा ३० हजार ९२५ जना किशेरीलाई खोप लगाउने लक्ष्य लिएकोमा २८ हजार एक सय ८३ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै दोश्रो चरणमा बाँकी रहेका आठवटा पालिकामा २८ हजार दुई सय ९० जना किशोरीलाई खोप लगाउने लक्ष्य लिइएकोमा २६ हजार तीन सय ४६ जनालाई खोप लगाइएको छ ।
पहिलो चरणमा माघ २२ देखि २९ गतेसम्म र दोश्रो चरणमा फागुन १ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय