LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना, १० फागुन ।

रेडियो मलमलाको १२ औं साधारण सभा तथा विशेष अधिवेशन सैनामैना २ स्थित आफ्नै भवनमा सम्पन्न भएको छ । रेडियोका अध्यक्ष कृष्णबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने संचालकहरुले नयाँ ढंगबाट रेडियो संचालन गर्ने धारणा ब्यक्त गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथी चित्रबहादुर कार्कीले सैनामैनाकै सवैभन्दा पुरानो रेडियोले नगरको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि रेडियोको कमी कमजोरीलाई सुधार गर्दै अझै सुदृढ बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष कुँवरले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने पूर्व अध्यक्ष मिनप्रसाद पौडेलले पनि रेडियोलाई सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
रेडियोका लेखा संयोजकले लेखा प्रतिवेदन प्रस्तुत गर्दै रेडियोको प्रशासनिक खर्च घाटामा नरहेको बताउनुभएको थियो ।
सो अवसरमा रेडियोका संचालक जगन्नाथ गौतम, मोती राना लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय