LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
प्रतिनिधिसभा बैठक काठमाडौँ, २९ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

प्रतिनिधि सभा र राष्ट्रिय सभाको आईतबारको बैठकमा पूर्व राजाको सन्दर्भलाई लिएर सांसदहरुबीच कडा घोचपेच भएको छ । बैठकको सुरुमै बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जसले आफ्नो जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताउनु भयो ।

लिङ्देनले आफू राजालाई राज्य सञ्चालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ ‘तसर्थ मलाई जसले जति विरोध गरोस्, गणतन्त्र जसले लडेर ल्याएको होस या विदेशीको बुइ चढेर ल्याएको होस् विरोध गरिरहन्छु ।

उता नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले भने पूर्व राजाको सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन सुझाव दिनुभयो ।
आकस्मिक समयमा बोल्दै न्यौपानले मुलुकको व्यवस्थाप्रति पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन सुझाव दिनुभएको हो ।

उहाँले नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले नभई जनताको शक्तिले आएको भन्दै यसमाथिको प्रहार सह्य नहुने जिकिर गर्नुभयो ।
उता राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा आफूलाई पुनः राजा बनाउन पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको आग्रहप्रति आपत्ति जनाउनु भयो ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले नेपालमा राजाहरूको शासन राजाहरूले नै समाप्त गरेको भन्दै द्वैध शासन गर्नेहरू पनि राजाहरु नै रहेको दावी गर्नुभयो ।
उहाँले पुनः राजा बन्ने चाहना परित्याग गरेर चुनावमार्फत प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभयो ।
गौतमले ज्ञानेन्द्रलाई फेरि राजा बन्ने कोसिस गरे ग्रेट ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय