LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने श्रमिकहरूले उडानमा ढिलाइ भएको जनाएका छन् । भिसा आइसकेको तर उडान तालिका नआउँदा आफूहरू मर्कामा परेको सम्बन्धित श्रमिकको भनाइ छ ।

ईपीएस अन्तर्गत छनोट भएर सबै प्रक्रिया पूरा गरिसकेका तर पर्याप्त उडान उपलब्ध नहुँदा आफूहरू जान नपाएको बताएका हुन् ।
एक श्रमिकले उडानमा ढिलाइ हुँदा भिसा रद्द हुने अवस्था आएको बताए । एक हजार सातसय श्रमिकहरु उडान तालिकाको पर्खाइमा रहेको ती श्रमिकको भनाइ छ ।

कतिपय श्रमिकहरूको भिजा अवधि सकिँदा उनीहरूको रोजगारी नै गुमिसकेको भनाई छ ।
नियमित उडान संख्या वृद्धि गर्न, चार्टर फ्लाइटको व्यवस्था गर्न वा वैकल्पिक उपायहरू खोज्न सरकारसँग उनीहरूले माग गरेका छन् ।
लामो संघर्ष गरेर कोरियामा रोजगारीका लागि जान छनौट भएको तर, पर्याप्त उडान नहुँदा जानबाट वञ्चित हुने अवस्था आएको उनीहरूको भनाइ छ ।
यो विषयमा श्रमिकहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समेत जानकारी गराएका छन् ।

कोरियाका लागि उडान टेन्डर प्रक्रियाका कारण उडान तालिकामा केही फरक परेको बताइएको छ । हाल ट्रान्जिट मार्फत उडान हुँदै आएको छ । यसअघि सिधा उडानमार्फत मात्रै कामदारहरू जाने गरेका थिए । अहिले ट्रान्जिटमार्फत जाँदा हवाई भाडा समेत घटेर ४८ हजार ६६५ रुपैयाँ भएको छ । यसअघि एक लाख २३ हजार हवाई भाडा तिर्दै आएका थिए ।
हाल भिसा क्यान्सिल भएकाहरूको हकमा भने उडान तालिकाका कारण नभई अन्य कारणले भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय