LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल मगर संघ सैनामैनाले ४३ औं नेपाल मगर संघ स्थापना दिवस तथा राष्ट्रिय एकता दिवस २०८१ चार दिनसम्म विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
दिवसकै अवसरमा नेपाल मगर महिला संघ सैनामैनाको आयोजनामा सोमबार सैनामैनामा रक्तदान गरिएको छ ।

मगर भवन मुर्गियामा आयोजना गरिएको रक्तदानमा ५५ पोइन्ट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रममा बोल्दै नेपाल मगर संघ लुम्बिनी प्रदेशका सचिव संजीव थापा मगरले नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा यो दिवस मनाउन थालिएको बताउँदै नेपाल मगर संघ र मगर समुदाय भनेको साझा नेपालको फूलबारीको एउटा फूल हो भन्नुभयो ।

उहाँले फूलबारीमा सवै फूल फुल्न पाउनुपर्दछ भन्दै र सवैले आफ्नो सुवास छर्न पाउनु पर्छ भन्नुभयो ।

नेपाल मगर संघ सैनामैनाका अध्यक्ष प्रेमबहादुर सोमरेले दिवसको अवसरमा सैनामैनामा आयोजना गरिएको चार दिवसीय कार्यक्रम अन्तरगत सोमबार विहान रक्तदान गरिएको बताउनु भयो । उहाँले सोमबार दिउँसोदेखि वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको र सैनामैनाका सवै विद्यालयलाई लक्षित गरेर बक्तृत्वकला, निवन्ध लेखन, तेक्वान्दो, भलिबल प्रतियोगिता लगायतका कार्यक्रम गरि मगर दिवस मनाउने तयारी रहेको जानकारी दिनुभयो ।

सोमबार आयोजित रक्तदान कार्यक्रमको अध्यक्ष नेपाल मगर महिला संघ सैनामैनाकी सभापति प्रेमकला सिजापतीले गर्नुभएको थियो भने नेपाल मगर संघ सैनामैनाका सदस्य निरबहादुर पुलामी, केशबहादुर राना, टेकबहादुर रेश्मी लगायतले मगर संघको स्थापना दिवसको विषयमा बोल्दै शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय