LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाल मगर संघ सैनामैनाले ४३ औं नेपाल मगर संघ स्थापना दिवस तथा राष्ट्रिय एकता दिवस २०८१ चार दिनसम्म विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
दिवसकै अवसरमा नेपाल मगर महिला संघ सैनामैनाको आयोजनामा सोमबार सैनामैनामा रक्तदान गरिएको छ ।

मगर भवन मुर्गियामा आयोजना गरिएको रक्तदानमा ५५ पोइन्ट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रममा बोल्दै नेपाल मगर संघ लुम्बिनी प्रदेशका सचिव संजीव थापा मगरले नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा यो दिवस मनाउन थालिएको बताउँदै नेपाल मगर संघ र मगर समुदाय भनेको साझा नेपालको फूलबारीको एउटा फूल हो भन्नुभयो ।

उहाँले फूलबारीमा सवै फूल फुल्न पाउनुपर्दछ भन्दै र सवैले आफ्नो सुवास छर्न पाउनु पर्छ भन्नुभयो ।

नेपाल मगर संघ सैनामैनाका अध्यक्ष प्रेमबहादुर सोमरेले दिवसको अवसरमा सैनामैनामा आयोजना गरिएको चार दिवसीय कार्यक्रम अन्तरगत सोमबार विहान रक्तदान गरिएको बताउनु भयो । उहाँले सोमबार दिउँसोदेखि वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको र सैनामैनाका सवै विद्यालयलाई लक्षित गरेर बक्तृत्वकला, निवन्ध लेखन, तेक्वान्दो, भलिबल प्रतियोगिता लगायतका कार्यक्रम गरि मगर दिवस मनाउने तयारी रहेको जानकारी दिनुभयो ।

सोमबार आयोजित रक्तदान कार्यक्रमको अध्यक्ष नेपाल मगर महिला संघ सैनामैनाकी सभापति प्रेमकला सिजापतीले गर्नुभएको थियो भने नेपाल मगर संघ सैनामैनाका सदस्य निरबहादुर पुलामी, केशबहादुर राना, टेकबहादुर रेश्मी लगायतले मगर संघको स्थापना दिवसको विषयमा बोल्दै शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय