LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैनाको सालझण्डीमा रहेको कोटियादेवी माध्यमिक विद्यालयमा जारी श्रीमद भागवत धनधान्याचल ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनको आगमन दिनहुँ बढिरहेको छ ।

विद्यालयको शैक्षिक स्तरोन्नती, गुणस्तर अभिबृद्धि र जग्गा व्यवस्थापनका लागि आर्थिक सहयोगार्थ आयोजना गरिएको महायज्ञमा भक्तजनको उपस्थितिले आयोजकहरु उत्साहित बनेका छन ।

महायज्ञमा अन्तर्राष्ट्रिय स्तरका प्रखर कथाबाचक प्रबीण पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गरिरहनु भएको छ ।

महायज्ञ आयोजक समितिका संयोजक समाजसेवी तिलकराम घिमिरेले विद्यालयको शैक्षिक स्तर उन्नती, जग्गा व्यवस्थापन र शैक्षिक अभिबृद्धिका लागि गरिएको महायज्ञबाट आफूहरु उत्प्रेरित भएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनाखर घिमिरेले विद्यालयको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले सहयोगका लागि गरिएको महायज्ञबाट विद्यालयको आर्थिक अवस्था सुधारमा ठूलो टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रमेश भुसालले विद्यालयको पूर्वाधार विकासका लागि यो महायज्ञ अत्यन्त सहयोगी र सार्थक बन्ने बताउनुभयो ।
फागुन ७ देखि सुरु भएको महायज्ञमा विहान ७ बजेदेखि १० बजेसम्म नित्य पुजन, विहान ११ बजेदेखि संगीतमय कथा प्रचचन तथा झाँकी र साँझ साढे ४ बजेदेखि साढे ५ बजेसम्म आरती, पुष्पाञ्जली एवं गुरुहरुबाट टिका, फूल प्रसाद वितरण लगायत भजनकिर्तनको कार्यक्रम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय