LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल मगर संघ सैनामैनाले ४३ औं नेपाल मगर संघ स्थापना दिवस तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको विभिन्न खेल प्रतियोगिता बुधबार सम्पन्न भएका छन ।

जस अन्तरगत बुधबार पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । जसमा पुरुषतर्फ वार्ड नं. १ प्रथम भएको छ भने वार्ड नं. ६ दोश्रो हुन सफल भएको छ । त्यसैगरी महिला भलिबलतर्फ सैनामैना वडा नं. ५ प्रथम भएको छ भने वार्ड नंं ८ दोश्रो हुन सफल भएको छ ।

बुधबार नै भएको खेल अन्तरगत तान डोरीको महिलातर्फ वार्ड नंं ११ प्रथम भएको छ भने वार्ड नंं ९ दोश्रो भएको छ । त्यसैगरि तानडोरी पुरुषतर्फ वार्ड नं. ११ को टिम प्रथम भएको छ भने वार्ड नं. ४ को टिम दोश्रो भएको छ । म्युजिकल बल प्रतियोगितामा सोनु थापा बिजयी हुनुभएको छ भने घैटोफोरतर्फ केनन राना विजयी बन्नुभयो ।

दिवसकै अवसरमा नेपाल मगर महिला संघ सैनामैनाको आयोजनामा सोमबार सैनामैनामा रक्तदान गरिएको थियो । दिवसकै अवसरमा सैनामैनाका सवै विद्यालयलाई लक्षित गरेर बक्तृत्वकला, निवन्ध लेखन, तेक्वान्दो प्रतियोगिता यसअघि सम्पन्न भैसकेको छ ।

नेपाल मगर संघ सैनामैनाका अध्यक्ष प्रेमबहादुर सोमरेले मगर दिवसको अन्तिम दिन सैनामैनाको कलौनीमा विशेष कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागी हुन मगर संघले सवैसंग आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय