LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७ सय ४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चारजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार राति फ्लाइ दुबइको उडानमार्फत काठमाडौं आएका दजानोभा दिलफुजा मारिफ, इजराइलो फेजिभा, सरदोर क्रुस्नोभ र जानोभन दोभलाई सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “गएराति फ्लाइ दुबइको उडानमार्फत काठमाडौं आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा सुनसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय