LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

देशैभरका मगर समुदायले आज ४३ औं राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएको सम्झना तथा संघको स्थापना दिवसका अवसरमा हरेक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ ।

दिवसकै अवसरमा मगर बाहुल्य रहेको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल मगर संघ सैनामैनाले पनि ४३ औं मगर दिवस विभिन्न चार दिवसीय कार्यक्रम गरि मनाएको छ ।

मगर समुदायले सांस्कृतिक झाँकी लगायतका प्रदर्शन तथा ¥याली समेत आयोजना गरेका छन । सैनामैनाको कलौनीमा विहिवार मूल समारोहको आयोजना गरि नेपाल मगर संघ सैनामैनाले भब्य कार्यक्रम गरेको छ ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले मगरहरुको जातीय पहिचान र एकताका लागि सवै मगर समुदाय एक हुनुपर्ने औंल्याएका छन ।
मगर संघ सैनामैनाले दिवसकै अवसरमा विभिन्न प्रतियोगिता सम्पन्न गरेको थियो । जसमा पुरुष तथा महिला भलिबल, डोरीतान, म्युजिकल बल प्रतियोगिता, बक्तृत्वकला, निवन्ध लेखन, हाजिरीजवाफ र घैटोफोर लगायतका प्रतियोगिता आयोजना भएको थियो ।

दिवसकै अवसरमा नेपाल मगर महिला संघ सैनामैनाको आयोजनामा सोमबार सैनामैनामा रक्तदान गरिएको थियो ।
नेपाल मगर संघ सैनामैनाका अध्यक्ष प्रेमबहादुर सोमरेको अध्यक्षतामा सैनामैनाको कलौनीमा समापन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय