LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

भारतको उत्तर प्रदेशको प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला समापन भएको छ । गएको पुस २९ गते शुरू भएको महाकुम्भ मेला हिजो महाशिवरात्रिको दिन समापन भएको हो । तर श्रद्धालुहरू मेलामा पुग्ने क्रम अझै रोकिएको छैन ।

महाकुम्भको अवधिभर ६६ करोड जनाभन्दा धेरै मानिसले गङ्गामा स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो संख्या अमेरिकाको जनसंख्याको तुलनामा झन्डै दोब्बर बढी हो ।

यस्तै गङ्गामा डुबुल्की लगाउनेको यो संख्या एक सय ९३ वटा देशको जनसंख्याभन्दा धेरै हो । महाकुम्भको अन्तिम दिन हिजो मात्रै डेढ करोड जनाभन्दा धेरैले स्नान गरेका थिए । उत्तर प्रदेश सरकारले मेलामा ४० करोड जना मानिस सहभागी हुने अनुमान गरेको थियो ।

कुम्भमेलालाई विश्वकै सबैभन्दा धेरै मानिस जमघट हुने पर्व मानिन्छ । संयुक्त राष्ट्रसङ्घले यो मेलालाई मानव जातिको ‘अमूर्त सम्पदा’ का रूपमा उल्लेख गरेको छ । कुम्भमेला भारतका चारवटा शहरमा हरेक १२ वर्षमा मनाइने गरिन्छ । दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ । चारवटै शहरमा कुम्भमेलाको आयोजना हुने भएपनि प्रयागराजमा आयोजित हुनेलाई सबैभन्दा महाकुम्भ मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय