LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

शुक्रबार विहानैदेखि मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसमको खराबीले परराष्ट्र मन्त्री आरजु राणा देउवा चढेको दोहाबाट आएको कतार एअरवेजको जहाज बिहान कोलकाता डाइभर्ट भएको थियो ।

त्यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एअरलाइन्सको जहाज दिल्ली डाइभर्ट भएको छ । यसैगरी चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाज तिब्बतको ल्हासा डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।

’भिजीबिलिटी’ कमजोर हुँदा केही आन्तरिक हवाई उडान पनि प्रभावित भएका छन् । शुक्रबार दिनभरी नै काठमाण्डौमा आकाश धुम्मिएको छ भने तराई÷मधेशका केही ठाउँमा हुस्सु छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार देशका विभिन्न ठाउँमा हल्का वर्षा र उच्च क्षेत्रमा हिमपात भएको छ । काठमाण्डौ उपत्यकामा बिहान हल्का वर्षा भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय