LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

शुक्रबार विहानैदेखि मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसमको खराबीले परराष्ट्र मन्त्री आरजु राणा देउवा चढेको दोहाबाट आएको कतार एअरवेजको जहाज बिहान कोलकाता डाइभर्ट भएको थियो ।

त्यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एअरलाइन्सको जहाज दिल्ली डाइभर्ट भएको छ । यसैगरी चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाज तिब्बतको ल्हासा डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।

’भिजीबिलिटी’ कमजोर हुँदा केही आन्तरिक हवाई उडान पनि प्रभावित भएका छन् । शुक्रबार दिनभरी नै काठमाण्डौमा आकाश धुम्मिएको छ भने तराई÷मधेशका केही ठाउँमा हुस्सु छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार देशका विभिन्न ठाउँमा हल्का वर्षा र उच्च क्षेत्रमा हिमपात भएको छ । काठमाण्डौ उपत्यकामा बिहान हल्का वर्षा भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय