LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीमा सम्पन्न तेस्रो मिष्टर उजिर सिंहको उपाधि गौतम रानाले चुमेका छन । सामरिक र ऐतिहासिक महत्व बोकेको जितगढी किल्ला परिसरमा शनिबार भएको तेस्रो मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८१ मा ६५ केजी तौल समुहको विजेता बन्दै रोयल जिम एण्ड फिटनेशका रानाले ओभर अल टाईटल आफनो नाम गरे । उपाधिसंगै उनले नगद ५१ हजार रुपैया, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

यसैगरि प्रतियोगिताको ५५ केजी तौल समुहमा रोयलकै बिनोद कुमार थापा प्रथम, रअ फिटनेश सर्भिसका कैलाश कब्लार दोस्रो तथा फिट ट्वान्टी हावरका चर्चित ज्ञवाली तेस्रो भए । यसैगरि ६० केजी तौल समुहमा योर्स मल्टि फिटनेशका रोशन श्रेष्ठ प्रथम, दीप जिमका सन्दिप अर्याल दोस्रो तथा किङस फिटनेशका ठाकुर थापा तेस्रो भए ।

यसैगरि ६५ केजीमा रोयल जिमका गौतम राना प्रथम, रअ फिटनेशका मोहमद सुमृति दोस्रो तथा फिटनेश टाईमका मदन पाण्डे तेस्रो भएका थिए ।
यसैगरि ७० केजी तौल समुहमा द वेलनेश क्लबका सुमित राना प्रथम, रअ फिटनेशका रविसिह ठाकुर दोस्रो तथा वेलनेशका सुजल शाही तेस्रो भए । यसैगरि ७० भन्दा केजी भन्दा बढी तौल समूहमा पावर जिमका सुनिल थापा प्रथम, किङस फिटनेशका कौशल प्रसाद गुरुङ दोस्रो तथा रोयल आयरन जिमका जेनिथ गुरुङ तेस्रो भएका थिए ।

त्यस्तै पाँच तौल समुहमा भएको प्रतियोगिताको प्रत्येक तौल समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको संघका सचिव आशिष श्रेष्ठले बताए ।

प्रतियोगिताको वडा नं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेतले उद्घाटन गरेका थिए भने एक समारोहका बिच लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, लुम्बिनी प्रदेश शारिरिक सुगठन संघका सचिव केशव बहादुर शाक्य, नेपाल शारिरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका संस्थापक अध्यक्ष शिवध्वज राई, अध्यक्ष राजकुमार श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए । प्रथम मिष्टर उजिरसिंहमा सुनिल आले विजेता रहेका थिए भने दोश्रो संस्करण स्यामुल गुरुङले जितेका रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय