LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीमा सम्पन्न तेस्रो मिष्टर उजिर सिंहको उपाधि गौतम रानाले चुमेका छन । सामरिक र ऐतिहासिक महत्व बोकेको जितगढी किल्ला परिसरमा शनिबार भएको तेस्रो मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८१ मा ६५ केजी तौल समुहको विजेता बन्दै रोयल जिम एण्ड फिटनेशका रानाले ओभर अल टाईटल आफनो नाम गरे । उपाधिसंगै उनले नगद ५१ हजार रुपैया, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

यसैगरि प्रतियोगिताको ५५ केजी तौल समुहमा रोयलकै बिनोद कुमार थापा प्रथम, रअ फिटनेश सर्भिसका कैलाश कब्लार दोस्रो तथा फिट ट्वान्टी हावरका चर्चित ज्ञवाली तेस्रो भए । यसैगरि ६० केजी तौल समुहमा योर्स मल्टि फिटनेशका रोशन श्रेष्ठ प्रथम, दीप जिमका सन्दिप अर्याल दोस्रो तथा किङस फिटनेशका ठाकुर थापा तेस्रो भए ।

यसैगरि ६५ केजीमा रोयल जिमका गौतम राना प्रथम, रअ फिटनेशका मोहमद सुमृति दोस्रो तथा फिटनेश टाईमका मदन पाण्डे तेस्रो भएका थिए ।
यसैगरि ७० केजी तौल समुहमा द वेलनेश क्लबका सुमित राना प्रथम, रअ फिटनेशका रविसिह ठाकुर दोस्रो तथा वेलनेशका सुजल शाही तेस्रो भए । यसैगरि ७० भन्दा केजी भन्दा बढी तौल समूहमा पावर जिमका सुनिल थापा प्रथम, किङस फिटनेशका कौशल प्रसाद गुरुङ दोस्रो तथा रोयल आयरन जिमका जेनिथ गुरुङ तेस्रो भएका थिए ।

त्यस्तै पाँच तौल समुहमा भएको प्रतियोगिताको प्रत्येक तौल समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको संघका सचिव आशिष श्रेष्ठले बताए ।

प्रतियोगिताको वडा नं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेतले उद्घाटन गरेका थिए भने एक समारोहका बिच लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, लुम्बिनी प्रदेश शारिरिक सुगठन संघका सचिव केशव बहादुर शाक्य, नेपाल शारिरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका संस्थापक अध्यक्ष शिवध्वज राई, अध्यक्ष राजकुमार श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए । प्रथम मिष्टर उजिरसिंहमा सुनिल आले विजेता रहेका थिए भने दोश्रो संस्करण स्यामुल गुरुङले जितेका रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय