LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसको बार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।

बार्षिकोत्सव कार्यक्रमको उदघाटन रुपन्देही क्षेत्र नंं ५ का संघीय सांसद बासुदेव घिमिरेले गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले विद्यार्थी संख्याको आधारमा आवश्यक भौतिक श्रोतको व्यवस्थापन, जनशक्ति व्यवस्थापन गर्ने दायित्व सरकारको भएको बताउनुभयो । उहाँले नयाँ शिक्षा ऐन बन्ने आशा पलाएको बताउनुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यदुलाल पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य स्ववियू सभापति मनोज बेल्बासेले गर्नुभएको थियो भने क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बार्षिकोत्सवको अवसरमा नेपाली कांग्रेसका सैनामैनाका सभापति रणबहादुर खनाल, अभिभावकतर्फबाट रामप्रसाद घिमिरे लगायतले बोल्नुभएको थियो ।

बार्षिकोत्सवका अवसरमा क्याम्पसमा बिषयगततर्फ उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने शिक्षकलाई सम्मान, विद्यार्थीहरुलाई सम्मान, खेल सप्ताहमा आयोजित विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय