LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको फर्साटिकर युथ क्लव प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको क्वार्टर फाईनलमा प्रवेश गरेको छ । मंगलवार भएको खेलमा ए डिभिजनको नेपाल पुलिस क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै फर्साटिकर युथ क्लव क्वार्टर फाईनल प्रवेश गर्न सफल भएको हो ।
फर्साटिकर युथ क्लवका तर्फबाट दुवै गोल जर्सी नंं १३ का खेलाडी गणेश हमालले गरे । खेलको पूर्वाद्धको २२ औं मिनेटमा एक गोल गरेका उनले दोश्रो हाफको ६४ औं मिनेटमा अर्को गोल गरि टिमलाई क्वार्टर फाईनलमा पु¥याउन महत्वपूर्ण योगदान गरे ।
भोली बुधबारको खेल सशस्त्र प्रहरी एपीएफ काठमाण्डौं र अभिषेक चर्च व्वाईज नवलपुरबीच हुनेछ ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
अव फर्साटिकर युथ क्लवले कपिलवस्तु ११ संग क्वाटरफाईनल खेल्नेछ ।
फर्साटिकर क्लबका गणेश हमाल खेलको म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेको खेल संयोजक अशोक खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय