LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |
काठमाण्डाै – नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अमेरिकाबाट निष्कासनमा परी स्वदेश फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ ।

अमेरिकी विमानको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएलगत्तै अध्यागमनले प्रक्रिया पुर्‍याएर प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्युरो लगेर उनीहरूलाई सोधपुछ गरिएको हो ।

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रारम्भिक सोधपुछका क्रममा अध्यागमन कानून उल्लङ्घनको आरोपमा उनीहरूलाई फर्काएको पाइएको छ । फर्काइएकाहरूले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न भने इच्छा नदेखाएको कुँवरले जानकारी दिनुभयो ।

आज बिहान अमेरिकाले आठ जनालाई चार्टर्ड विमानमार्फत काठमाण्डौ ल्याइदिएको हो । यस्तै एक जना नियमित उडानबाट आएकाले नौ जना सबैलाई प्रहरीको जिम्मा लगाएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेको मिति अर्थात् जनवरी २० तारिखयता आज आएका ९ जनासहित ३६ जना नेपाली डिपोर्ट भएका अध्यागन कार्यालयले जनाएको छ । अमेरिकाले आधिकारिक कागजात नभएका नेपालीलाई स्वदेश फर्काएको हो । अमेरिकाको सरकारी तथ्याङ्क अनुसार यसअघि सन् २०१९ देखि २०२४ सम्ममा पनि ३ सय ८९ जना नेपाली देश निकालामा परेका थिए ।

यसअघि राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै पाँच हजार जना नेपाली अवैध रूपमा अमेरिका प्रवेश गरेका बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय