लुम्बिनी सांस्कृतिक नगरपालिकाको १४ औं नगर सभा सातवटा कार्यविधि पास गर्दै बुधबार लुम्बिनीमा सम्पन्न भएको छ ।
नगर सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले पालिकाको प्रस्तावित थप बजेट र नयाँ कार्यविधि तथा संशोधनका लागि प्रस्तुत भएका कार्यविधिमाथि छलफल गरिएको थियो ।



नगर सभाले प्रस्तुत भएको प्रतिवेदन छलफलसहित पारित भएको नगरपालिकाले जनाएको छ । नगरसभाले नगर सभा बैठक संचालन कार्यविधि, कृषक सेवा कार्ड वितरण एवं सेवा सुविधाको उपलब्धता सम्वन्धि कार्यविधि र अपेक्षित उष्ण प्रदेशीय रोग प्रभावित नागरिकका लागि स्वयं हेरचाह समूह गठन, व्यवस्थापन तथा परिचालन सम्वन्धि कार्यविधि, एचआईभी एड्स सम्वन्धि कार्यविधि, सैनामैना प्राकृतिक चिकित्सालय संचालन सहयोग सम्वन्धि कार्यविधि, नीजि जग्गाको माटो उत्खनन तथा ओसारपसार सम्वन्धि कार्यविधि र एम्बुलेन्स सेवा संचालन सम्बन्धि कार्यविधी पास गरेको छ ।





