LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना, फागुन २३ । आयोजक मुर्गिया फुटवल क्लव सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
मुर्गिया फुटवल क्लवको आयोजनामा भैरहेको खेल अन्तरगत शुक्रबार भएको खेलमा भारत सिक्कीमको डोङग्री फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक मुर्गिया फुटवल क्लव सेमीफाईनलमा प्रवेश गरेको हो ।

मुर्गिया फुटवल क्लवले पहिलो र दोश्रो हाफमा एक दर्जन बढी पोष्ट आक्रमण गरेको थियो । पहिलो हाफको १० मिनेटमै सैनामैना फुटवल क्लवका खेलाडीले प्रहार गरेको सुट पोष्टमा लागेर बाहिरियो । त्यसैगरी डि एरियाबाट कैयौपटक पाएका पोष्ट आक्रमण सैनामैना फुटवल क्लवका खेलाडीले गोलमा परिणत गर्न सकेन ।

दोश्रो हाफमा पनि त्यही अवस्था दोहोरियो । आयोजक क्लवको धेरै राम्रा अवसर र प्रयास गोलमा परिणत हुन सकेन । भारतको डोङ्ग्री फुटवल क्लव सिक्कीम दवावमा खेल्न बाध्य भएको थियो । अन्ततः खेल सकिन ६ मिनेट बाँकी हँुदा कठिन संघर्षका बीच मुर्गिया एफसीले पाएका फ्रि किकलाई जर्सी नंं ८ का खेलाडी एरोन थापाले जाली चुमाउन सफल भए ।

उनी शुक्रबारको खेलको म्यान अफ दि म्याच घोषित भए । खेलको पहिलो र दोश्रो हाफमा सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा लिएको आयोजकका लागि पेनाल्टीमा जाने अवस्था घातक हुन सक्थ्यो तर अन्तिम समयमा एक गोल गरि आयोजक मुर्गिया फुटवल क्लवले सेमीफाईनलको यात्रा तय गरेको छ । खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
भोली शनिवारको खेल कपिलवस्तु ११ र फर्साटिकर युथ फुटवल क्लवबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय