पाल्पाली सेवा समाज सैनामैना नगरपालिका वडा नंं. १ को शनिवार सम्पन्न वडा भेलाले शिवलाल वस्यालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
सैनामैना नगरपालिका वडा नं. १ ब्रम्हाडाँडामा भएको वडा भेलाबाट उपाध्यक्षमा गीता पराजुली, सचिवमा कृष्ण थारु, सहसचिवमा जीतवहादुर गाहा र कोषाध्यषमा इश्वरीप्रसाद नेपाल चयन हुनुभएको हो ।



त्यसैगरी सदस्यहरुमा सन्तबहादुर राना, मिना राना, हुमबहादुर कार्की, सुरेश दर्लामी, कृष्ण मल्ल र नरबहादुर नेपाली रहनुभएको छ ।
पाल्पा जिल्लाबाट वसाईसराई गरि सैनामैना १ मा आएका पाल्पालीहरु बीच परिचय आदानप्रदान गर्ने तथा एक अर्कालाई परेको सुख दुःखमा साथ दिने उद्देश्यले स्थापना भएको पाल्पाली सेवा समाजमा २५० बढी सदस्य रहनुभएको छ । शनिबार आयोजित भेला सैनामैनाका समाजसेवी नारायणबहादुर रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा समाजसेवीहरु खगेन्दी हिस्की मगर, मानकुमारी सारु, भीमकुमारी गैरे, जमानसिंह थापा, कुलमणि घिमिरे, टिकाराम सोमै, कर्णबहादुर कार्की, कमलराज घिमिरे, मानवहादुर कुँवर लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रामकृष्ण अधिकारीले गर्नुभएको थियो ।




