LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पाल्पाली सेवा समाज सैनामैना नगरपालिका वडा नंं. १ को शनिवार सम्पन्न वडा भेलाले शिवलाल वस्यालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

सैनामैना नगरपालिका वडा नं. १ ब्रम्हाडाँडामा भएको वडा भेलाबाट उपाध्यक्षमा गीता पराजुली, सचिवमा कृष्ण थारु, सहसचिवमा जीतवहादुर गाहा र कोषाध्यषमा इश्वरीप्रसाद नेपाल चयन हुनुभएको हो ।

त्यसैगरी सदस्यहरुमा सन्तबहादुर राना, मिना राना, हुमबहादुर कार्की, सुरेश दर्लामी, कृष्ण मल्ल र नरबहादुर नेपाली रहनुभएको छ ।
पाल्पा जिल्लाबाट वसाईसराई गरि सैनामैना १ मा आएका पाल्पालीहरु बीच परिचय आदानप्रदान गर्ने तथा एक अर्कालाई परेको सुख दुःखमा साथ दिने उद्देश्यले स्थापना भएको पाल्पाली सेवा समाजमा २५० बढी सदस्य रहनुभएको छ । शनिबार आयोजित भेला सैनामैनाका समाजसेवी नारायणबहादुर रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजसेवीहरु खगेन्दी हिस्की मगर, मानकुमारी सारु, भीमकुमारी गैरे, जमानसिंह थापा, कुलमणि घिमिरे, टिकाराम सोमै, कर्णबहादुर कार्की, कमलराज घिमिरे, मानवहादुर कुँवर लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रामकृष्ण अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय