LIVE
प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न | सैनामैनामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने | लुम्बिनीका विद्युतीय बस अन्य सहर पठाउने तयारी, स्थानीयमा असन्तुष्टि | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा | कञ्चन गाउँपालिकामा खाना पकाउने ग्याँसको अबस्थाको बारेमा बजार अनुगमन | कञ्चनमा दुइ दिने जीवनशैली तथा तनाव व्यवस्थापनको लागि ध्यान कार्यक्रम सम्पन्न | सरकारी विज्ञापन बारेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा बोलायो | सदन चिया पसल र चौतारी होइन, मन लागे आउने नलागे नआउने- मनिष झा | बुधवार कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षा र हिमपातको सम्भावना | लुम्बिनी प्रदेशको राजधानी दाङमा प्रदेश सरकारको प्रशासकीय भवन निर्माण सम्पन्न |

प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताउनुभयो । उहाँले गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै भन्नुुभयो– “यो खुसीको कुरा हो । नेपालमा कुनैपनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’’

डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उहाँले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँड प्रारम्भ हुनेर सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको जानकारी दिनुभयो ।
दीक्षान्त समारोहमा भारतको उत्तराखण्डका सोबनसिंह जीना विश्वविद्यालयका कुलपति प्रा.डा. सतपालसिंह अतिथि हुनुुहुुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय