LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आईतबार काठमाडौंमा प्रदर्शन भएको छ । पोखराबाट आइतबार अपरान्ह पूर्व राजा शाह त्रिभुवन विमानस्थल आइपुगेपछि राजाबादी समर्थकले उनको स्वागत गरेका हुन ।

त्रिभुवन विमानस्थल प्रबेश द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका थिए । पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर ¥यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए ।

विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको ¥यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग भएको पाइएको छ ।

प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको देखिएको हो । योगी आदित्यनाथ सहितको ब्यानरमा ‘राजसंस्था पुनस्र्थापना गरौँ’ नारा प्रयोग गरिएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने यो विषयमा आफूलाई जानकारी नभएको बताएका छन ।


गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए । उनी गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्थाविरुद्ध कटाक्षसहित प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देशमार्फत अब चुप लागेर नबस्ने बताएका थिए ।
त्यसलगत्तै उत्साहित भएका राजावादीहरूले पूर्वराजाको पक्षमा प्रदर्शनहरू गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय