LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अभिषेक चर्च रजहर नवलपुरको टिम सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

मुर्गिया फुटवल क्लवको आयोजनामा आईतबार मुर्गिया रंगशालामा भएको पहिलो सेमीफाईनल खेलमा आयोजक मुर्गिया फुटवल क्लवलाई २–० गोलले पराजित गर्दै अभिषेक चर्च रजहर फाईनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ बराबरी खेलका दुवै टिमले दोश्रो हाफमा भने अभिषेक चर्चले पोष्ट आक्रमण गर्दै गोल गर्ने अवसर धेरै पाएको थियो ।

चारजना विदेशी खेलाडी मैदानमा उतारेको अभिषेक चर्चको रक्षापंक्ति बलियो हुँदा आयोजक मुर्गिया फुटवल क्लवले केही पोष्ट आक्रमणको अवसर पाएपनि गोलमा परिणत हुन सकेनन् ।

अभिषेक चर्चका लागि दुवै निर्णायक गोल जर्सी नं. ९ का खेलाडी मार्टिन्सले गरे । उनी आईतबारको म्यान अफ दि म्याच घोषित भए । सोमबारको दोश्रो सेमीफाईनल खेल महाबीर क्लव काठमाण्डौं र कपिलवस्तु ११ बीच हुनेछ ।
खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।


प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय