LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् । तीन ब्याटरको अर्धशतकमा मधेशले कोशी प्रदेशमाथि सहज जित निकाल्यो ।
मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २ सय ८४ रनको बलियो योगफल खडा गर्यो । मधेशका लागि पवन सर्राफले ८५ बल खेलेर ९२ रन जोडे ।

२ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट भयो । कोशीका लागि शकिब हकले २५ रन बनाए । कोशीका ओपनरद्वय चिराग साह र अंकित सुवेदी दुवै डकआउट भएका थिए । बलिङमा मधेशका रुपेश सिंहले ९ ओभरमा २९ रन खर्चिएर ५ विकेट लिए ।

यस्तै, राजेश यादवले ३ विकेट हात पारे । पवन सर्राफ प्लेयर अफ द म्याच बने । जारी प्रतियोगितामा कोशीको यो लगातार दोस्रो हार हो भने मधेशको पहिलो जित हो । यता दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ ।
गण्डकीले जितका लागि पाएको जम्मा ९२ रनको सामान्य लक्ष्य २९ ओभर १ बलमा ६ विकेट गुमाउँदै ९५ रन बनाई पूरा गरी जित हात पार्यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय