LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मुर्गिया फुटवल क्लवको आयोजनामा मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको फाईनल खेल बुधबार हुँदैछ ।

बुधबारको फाईनल खेल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुने खेल संयोजक अशोक खडकाले जानकारी दिनुभयो
क्लवका अनुसार बुधबारको फाईनल खेल सहितको समापन कार्यक्रम दिउँसो एक बजेदेखि मुर्गिया रंगशालामा हुनेछ ।
यसैबीच खेल प्रतियोगिताको ट्रफी मंगलवार सार्वजनिक गरिएको छ ।
बुधबारको फाईनल खेल कपिलवस्तु ११ र अभिषेक चर्च रजहर नवलपुरबीच हुनेछ । कपिलवस्तु ११ ले महाबीर क्लब काठमाण्डौं र अभिषेक चर्च रजहर नवलपुरले आयोजक मुर्गिया फुटवल क्लवलाई पराजित गरि फाईनलमा प्रवेश गरेका हुन ।
१० टिमले भाग लिएको खेल प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय