LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयले मंगलवार एक समारोहका बीच एसइई दिने परिक्षार्थीहरुलाई विदाई गरेको छ ।

पर्रोहा माध्यमिक विद्यालयबाट यो बर्ष १ सय ४१ जना परिक्षार्थीले यो बर्ष एसइई परिक्षा दिदैछन ।
विद्यालयका प्रधानाध्यापक बलवहादुर केसीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सैनामैना ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले विद्यार्थीहरुको सफलताको शुभकामना दिदै उत्कृष्ट नतिजा ल्याएर विद्यालय र आफ्नो परिवारको नाम राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहायक प्रधानाध्यापक हरिप्रसाद भट्टराई र शिक्षक ईश्वरप्रसाद काफ्लेले समेत विद्यार्थीहरुको उत्कृष्ट नतिजाको लागि शुभकामना दिदै मेहनत गरि अध्ययन गरेर नतिजा निकाल्न आग्रह गर्नुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी विनिता ठाकुर लगायतका विद्यार्थीहरुले एसईई परिक्षा दिन आफूहरुले राम्रो तयारी गरेको र उत्कृष्ट नतिजा ल्याउने अपेक्षा राखेको बताएका थिए । विद्यालयका शिक्षक अंग्रेजी माध्यमका संयोजक धनबहादुर रानाले संचालन गर्नुभएको विदाई कार्यक्रममा विद्यार्थीहरुलाई खादा लगाएर मायाको चिनो दिएर विदाई गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय