LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पुरानो फागु संस्कृति लोप हुँदै गएको भन्दै थारु कल्याणकारी सभा सैनामैना रुपन्देहीले विहिवारदेखि तिन दिने फगुवा मिलन कार्यक्रम सुरु गरेको छ ।

तराईमा शुक्रबार होली मनाउने कार्यक्रम छ तर थारु कल्याणकारी सभाले विहिवारदेखि नै तिनसम्म फागु गीत र संस्कृति संरक्षण गर्दै फगुवा मिलन कार्यक्रम सुरु गरेको हो ।
फगुवा मिलन कार्यक्रमको शुभारम्भका अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले थारु समुदायले हरेक बर्ष थारु समुदायको फगुवा पर्व संस्कृृृति संरक्षणकै रुपमा मनाउँदै आएको स्मरण गर्दै आफ्नो संस्कृति संरक्षण गर्नु थारु समुदायको मौलिकता भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य बसन्त श्रेष्ठले थारु समुदायले बर्षौदेखि पुरानो गीत गाएर होली खेल्दै आएको बताउँदै पुरानो संस्कृति संरक्षण गर्न थालिएको अभियानको प्रशंसा गर्नुभयो ।

यसैबीच थारु कल्याणकारी सभा सैनामैनाले थारु गाउँहरुमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारु फागु गीतप्रति अभिरुची जगाउन प्रेरणा दिने गरि तीन दिन होली मनाउन लागिएको जनाएको छ ।
थारु कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलवहादुर थारुले थारु भाषाका फागु गीत र संस्कृति लोप हुन लागेपछि आफूहरुले तिन दिने अभियान सुरु गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय