LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

काठमाण्डौं उपत्यका लगायत पहाडी जिल्लामा विहिबार मनाइएको फागु पूर्णिमा अर्थात होली तराईका जिल्लामा शुक्रबार धुमधामका साथ मनाइएको छ ।
होलीको अवसरमा बुटवल लगायत रुपन्देही जिल्लाका विभिन्न स्थानमा होली मिलन कार्यक्रम गरिएको छ भने थारु समुदायले संस्कृति संरक्षण गर्दै होली मनाएका छन ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले शुक्रबार बुटवलमा होली मिलन कार्यक्रम गरि होली मनाएको छ ।

त्यसैगरी होलीको अवसरमा रुपन्देहीको भैरहवा, लुम्बिनी, कलौनी, सालझण्डी, रामापुर, मणिग्राम, तिलोत्तमा, देबदह लगायतका स्थानमा समेत होली मिलन कार्यक्रम गरि होली मनाइएको छ । रुपन्देहीका कलाकारहरुले समेत होली मिलन गरेर सौहार्दपूर्ण रुपमा होली मनाएका छन ।

नेपाल किसान महासंघ रुपन्देही, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, उद्योग बाणिज्य संघ सैनामैना रुपन्देही, तिनाउ लुम्बिनी सामुदायिक पुस्तकालय लगायतका संघ संस्थाहरुले होली मिलन कार्यक्रम गर्दै होली खेलेर होली मनाएका छन ।

खासगरी पहाडमा एक दिनअघि धुमधामका साथ फागु खेलेर यो पर्व मनाइन्छ भने तराईमा एक दिनपछि होली पर्व मनाउने परम्परा छ ।
यसैगरी रुपन्देहीमा थारु समुदायले पुरानो फागु गीत र संस्कृति संरक्षण गर्ने अभियान चलाउँदै होली मनाएका छन् ।

थारु कल्याणकारी सभा सैनामैना नगर समिति रुपन्देहीले होलीमा गाईने थारु फागु गीत लोप हुँदै गएको भन्दै यो बर्ष फागु गीत संरक्षण गर्न तीन दिने होली मिलन कार्यक्रम गरेको छ ।
थारु कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलवहादुर थारुले थारु गाउँहरुमा तीन दिनसम्म फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्नेगरि होली मनाउँदै गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय