LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौं उपत्यका लगायत पहाडी जिल्लामा विहिबार मनाइएको फागु पूर्णिमा अर्थात होली तराईका जिल्लामा शुक्रबार धुमधामका साथ मनाइएको छ ।
होलीको अवसरमा बुटवल लगायत रुपन्देही जिल्लाका विभिन्न स्थानमा होली मिलन कार्यक्रम गरिएको छ भने थारु समुदायले संस्कृति संरक्षण गर्दै होली मनाएका छन ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले शुक्रबार बुटवलमा होली मिलन कार्यक्रम गरि होली मनाएको छ ।

त्यसैगरी होलीको अवसरमा रुपन्देहीको भैरहवा, लुम्बिनी, कलौनी, सालझण्डी, रामापुर, मणिग्राम, तिलोत्तमा, देबदह लगायतका स्थानमा समेत होली मिलन कार्यक्रम गरि होली मनाइएको छ । रुपन्देहीका कलाकारहरुले समेत होली मिलन गरेर सौहार्दपूर्ण रुपमा होली मनाएका छन ।

नेपाल किसान महासंघ रुपन्देही, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, उद्योग बाणिज्य संघ सैनामैना रुपन्देही, तिनाउ लुम्बिनी सामुदायिक पुस्तकालय लगायतका संघ संस्थाहरुले होली मिलन कार्यक्रम गर्दै होली खेलेर होली मनाएका छन ।

खासगरी पहाडमा एक दिनअघि धुमधामका साथ फागु खेलेर यो पर्व मनाइन्छ भने तराईमा एक दिनपछि होली पर्व मनाउने परम्परा छ ।
यसैगरी रुपन्देहीमा थारु समुदायले पुरानो फागु गीत र संस्कृति संरक्षण गर्ने अभियान चलाउँदै होली मनाएका छन् ।

थारु कल्याणकारी सभा सैनामैना नगर समिति रुपन्देहीले होलीमा गाईने थारु फागु गीत लोप हुँदै गएको भन्दै यो बर्ष फागु गीत संरक्षण गर्न तीन दिने होली मिलन कार्यक्रम गरेको छ ।
थारु कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलवहादुर थारुले थारु गाउँहरुमा तीन दिनसम्म फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्नेगरि होली मनाउँदै गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय