LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
महासचिव घनश्याम भूसालले पहिलो चरणमा पार्टीले गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुभएको हो । पहिलो चरणको पहिलो कार्यक्रमका रुपमा शुक्रबार पत्रकार सम्मेलन गरिएको छ ।
दुई महिनासम्म चल्ने आन्दोलनका कार्यक्रम २५ वैशाखमा सकिनेछ ।
पार्टीका महासचिव घनश्याम भुसालले यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको बताउँदै बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी भएको दावी गर्नुभयो ।
सार्वजनिक आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २ देखि ६ चैतसम्म मातहतका कमिटीहरूमा छलफल, ७ देखि १५ चैतसम्म केन्द्रीय तहमा विभिन्न संघसंगठन तथा व्यक्तिहरूसँग सुझाव संकलन, २० चैतमा सरकारलाई ज्ञापनपत्र बुझाउने र चैत मसान्तभित्र प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद हुनेछ ।
त्यसैगरी ५ वैशाखमा प्रदेश र जिल्ला प्रशासनमार्फत ज्ञापनपत्र बुझाउने, १५ वैशाखसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद गर्ने, बैशाख १९ देखि २२ गतेसम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने र २५ वैशाखमा दोस्रो चरणको आन्दोलन घोषणा गरिने भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय