LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 

कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीका शोभाखर न्यौपाने (बाबुराम) ले एक दशकभन्दा बढी काठमाडौँमा बसेर होटल व्यवसाय गर्नुभयो । कालीगण्डकी कोरिडोर खुलेपछि उहाँले अब गाउँमै गएर होटल चलाउनु पर्छ भनेर कोरिडोरसँगै जोडिएको स्थानमा जग्गा खरिद गरी दुई करोड रुपियाँभन्दा बढीको लागतमा सुविधासम्पन्न पन्चासे होटल एन्ड लज सञ्चालन गर्नुभयो । अहिले उहाँको होटल एन्ड लज आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्ने गरेको छ ।

पोखरा आएका पर्यटक कोरिडोर हुँदै बागलुङ, पर्वतको कुस्मा, मुक्तिनाथ र चीनको कोरला नाकासम्म पुग्छन् । यी ठाउँ विदेशी पर्यटकको पनि रोजाइमा पर्छन् । पन्चासेमा खाना खाने र रमाउने पर्यटकका कारण यहाँको व्यापार राम्रो छ । पर्यटकलाई लोकल कुखुरा, माछा र स्थानीय परिकार मन पर्ने भएकाले सोही अनुसारका परिकार आफूले बनाउने गरेको उहाँको भनाइ छ ।

कोरिडोरको बाटो खुलेपछि उहाँको व्यवसाय पनि राम्रो चलेको छ । कोरिडोरको बाटो कालोपत्रे हुँदै गरेकाले व्यवसाय अझ राम्रो हुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । कोरिडोर खुलेपछि यस क्षेत्रको मुहारै परिवर्तन भएको वडा नम्बर १ हर्मिचौरमा ओम शिलाजी ग्यारेज सञ्चालन गर्दै आउनुभएका चतुर्भुज पाण्डेले बताउनुभयो ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरका विष्णु पाण्डे कोरिडोरको बाटोले गर्दा धेरै सहज भएको बताउनुहुन्छ ।
व्यावसायिक रूपमा गाईपालनका साथै चिया, नास्ता पसल सञ्चालन गर्दै आउनुभएका उहाँले आफ्नो पसलमा करिब ३० लिटर दुध खपत हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय