LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि रुपन्देहीको सैनामैना नगरपालिका ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा शनिवार उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।
जस अनुसार नेबिसंघबाट अध्यक्षमा मौसम थापा मगरले उमेदवारी दर्ता गरेका छन भने पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलबाट अध्यक्षमा विज्ञान पाण्डेले उमेदवारी मनोनयन गरेका छन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (यूनियन) अखिल छैंठौं र बैद्य निकट अनेरास्ववियु क्रान्तिकारीले अध्यक्षसहित पदाधिकारी पदमा गठबन्धन गरेका हुन ।

यसैगरी स्वतन्त्रबाट अध्यक्षमा विशाल पौडेलले समेत उमेदवारी दर्ता गरेका छन ।
त्यसैगरी सात सदस्यीय समान्ुपातिक पदका लागि नेबिसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले आ– आफ्नो छुट्टाछुट्टै उमेदवारी दर्ता गरेका छन ।

त्रिविको स्ववियू निर्वाचन कार्य तालिका अनुसार शनिवार उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।
उता क्याम्पसमा शनिवार अपरान्ह अपरान्ह तालाबन्दी भएको छ । अखिल समाजबादीका अध्यक्ष पवन सि र अखिल क्रान्तिकारीका अध्यक्ष टिकाराम आचार्यले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासन र निर्वाचन समितिले विद्यार्थी भर्ना लगायतका विषयमा लापरवाही गरेकोले तत्काल निर्वाचन प्रकृया रोकेर समस्याको समाधान गर्न माग गर्दै तालाबन्दी गरेका छन ।

प्रेस विज्ञप्तीमा सहमति बेगर क्याम्पस प्रशासनले निर्वाचन प्रकृया अघि बढाएमा थप संघर्षका कार्यक्रम गर्ने तथा क्षतिको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने चेतावनी दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय