LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं. ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसका १ सय ५ जना विद्यार्थीको परिचय पत्र रहस्यमय तरिकाले हराएको छ ।

चैत ५ गते हुने स्ववियू निर्वाचनको तयारी भैरहेको बेला विद्यार्थीहरु परिचय पत्र लिन क्याम्पस प्रशासन गएका थिए तर विद्यार्थीहरुले परिचयपत्र लिन जाँदा नक्कली हस्ताक्षर गरी क्याम्पस प्रशासनबाट विद्यार्थीको परिचयपत्र त्यसअघि नै लगिसकिएको देखिएको छ ।

स्ववियू निर्वाचनमा परिचयपत्रलाई मतदाता परिचयको रुपमा समेत मान्यता दिएको उक्त कार्ड नै हराएपछि विद्यार्थीहरुले शनिवार पत्रकार सम्मेलन गरि सत्यतथ्य छानविनको माग गरेका छन ।

परिचय पत्र लिन क्याम्पस प्रशासन पुगेका विद्यार्थीहरुले आफूहरुको कार्ड अरुले लगीसकेको गुनासो गरेका छन् । उनीहरुले स्ववियू निर्वाचन आउँदै गर्दा भोट दिने आधार रहेको कार्ड नै अरुले नै नक्कली हस्ताक्षर गरेर लगेपछि चिन्तीत बनेको बताए

नेबिसंघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले क्याम्पस प्रशासनबाट एकैपटक यति धेरै संख्यामा नक्कली हस्ताक्षर गरि कुनै एक संगठनलाई पक्षपोषण गर्ने मनसायले विद्यार्थीको परिचय पत्र हराउनु कुनैपनि मानेमा स्वीकार गर्न नसकिने चेतावनी दिनुभयो ।

उता नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य किरण तिवारीले निर्वाचनको मुखमै विद्यार्थीको परिचय पत्र हराएपछि नेपाल विद्यार्थी संघले चासो देखाएको बताउँदै क्याम्पस प्रशासनले यो गंभीर बिषयमा जवाफ दिनुपर्ने माग गर्नुभयो ।

उहाँले यस किसिमका कृयाकलापले निर्वाचन निष्पक्ष र भयरहित हुने हो कि होइन भन्ने कुरामा आशंका उत्पन्न गरेको बताउँदै सवै विद्यार्थीहरुले भयरहित अवस्थामा मतदान गर्न पाउनुपर्ने सुनिश्चितता क्याम्पस प्रशासनले बनाउनुपर्ने बताउनुभयो ।

उता क्याम्पस प्रमुख हेमन्तबहादुर थापाले विद्यार्थीहरुको परिचयपत्र हराएको सम्बन्धमा क्याम्पस प्रशासनको धारणा राख्दै विद्यार्थी संगठनका प्रतिनिधि र नेताहरुले आफू नजिकका विद्यार्थीको परिचयपत्र लैजान पाउनुपर्छ भन्ने माग राखेपछि क्याम्पस प्रशासनले विश्वास गरेर ती कार्ड विद्यार्थी संगठनलाई दिएको बताउनुभयो ।

क्याम्पस प्रमुख थापाले विद्यार्थी संगठनका नेताहरुलाई विश्वास गरेको उल्लेख गर्दै अव क्याम्पस प्रशासनले पाठ सिक्नुपर्ने अवस्था देखिएको बताउनुभयो । उहाँले विद्यार्थी संगठनको राजनीतिक उतारचढावका कारण यो अवस्था देखिएको उल्लेख गर्दै यो बिषयमा क्याम्पस प्रशासनले मिहिन ढंगले अनुसन्धान गरि समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा यही चैत ५ गते स्ववियू निर्वाचन हुँदैछ । निर्वाचनकै क्रममा विद्यार्थी संगठनहरुले प्रचार प्रसारको अभियान समेत सुरु गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय