LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

चलचित्र ‘कर्मा’ को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले काठमाडौंमा एक कार्यक्रमका बिच चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ भन्ने स्लोगन र विपिनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् ।

टिजरमा विपिन कार्कीको भरपुर एक्सन देखाइएको छ । टिजरमा विपिनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देख्न सकिनेछ ।

सार्वजनिक टिजरमा विपिनसंगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो ।

चलचित्रमा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको कलाकारको पनि अभिनय रहेको छ । चलचित्रलाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् ।
नयाँ वर्ष २०८२ को छेको पारेर ‘कर्मा’ आगामी चैत २९ गतेबाट रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय