LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैना

बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतीको काम अहिले धमाधम भइरहेको छ ।यसैक्रममा सैनामैनामा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुह गठन गरिएको छ
सैनामैना वडा नं. ८ बासगढी खानेपानीको सभाहलमा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुहका अध्यक्ष छवि पाठकको अध्यक्षतामा सम्पन्न भएको भेलाले टिकाराम उप्रेतीको संयोजक्तोमा ११ सदस्सीय सैनामैनामा नागरिक निगरानी समुह गठन गरेको छ ।

जसको सचिबमा कमला आचार्य पन्थी सदस्यहरुमा शिवलाल पोखरेल, नबिन घिमिरे, तेजेन्द्र थापा, देवराज पौडेल, तिर्थ प्रसाद भुषाल, धुर्व गौतम, बिश्वमणि घिमिरे, कल्पना कुवँर र सिता पौडेल रहनु भएको छ । समितिले बुटवल गोरुसिङ्गे सडक निमार्णको क्रममा सैनामैना क्षेत्रमा आउने समस्या समाधानको लागि सहजिकरण गर्ने छ ।
अन्य क्षेत्रमा जस्तो काममा ढिला सुस्ती नहोस भन्ने हेतुले स्थानिय र निर्माण ब्यबसायी बिच सेतुको काम गर्ने उद्येश्यले उक्त समिति गठन गरिएको बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुहका अध्यक्ष छवि पाठकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय