LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैना, ३ चैत ।

रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा शनिवार गरिएको तालाबन्दी आईतबार तोडिएको छ ।

अखिल समाजबादीका अध्यक्ष पवन सि र अखिल क्रान्तिकारीका अध्यक्ष टिकाराम आचार्यले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासन र निर्वाचन समितिले विद्यार्थी भर्ना लगायतका विषयमा लापरवाही गरेकोले तत्काल निर्वाचन प्रकृया रोकेर समस्याको समाधान गर्न माग गर्दै तालाबन्दी गरेका थिए ।

यता शनिवार गरिएको तालाबन्दी आईतबार नेपाल विद्यार्थी संघले तोडेको हो । नेविसंघले विद्यार्थीको अधिकारमाथि हस्तक्षेप गरि तालाबन्दी गरेको भन्दै क्याम्पसमा गरिएको तालाबन्दी तोडिएको जनाएको छ ।

यसअघि शनिबार अखिल समाजबादी र अखिल क्रान्तिकारीले सहमति बेगर क्याम्पस प्रशासनले निर्वाचन प्रकृया अघि बढाएमा थप संघर्षका कार्यक्रम गर्ने तथा क्षतिको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने चेतावनी दिएको थियो । यसअघि शनिवार क्याम्पसमा उम्मेदवारहरुको मनोनयन दर्ता भैसकेको छ ।

जस अनुसार नेबिसंघबाट अध्यक्षमा मौसम थापा मगरले उमेदवारी दर्ता गरेका छन भने पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलबाट अध्यक्षमा विज्ञान पाण्डेले उमेदवारी मनोनयन गरेका छन । यसैगरी स्वतन्त्रबाट अध्यक्षमा विशाल पौडेलले समेत उमेदवारी दर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय