LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गर्नुभएको छ । मंगलबार सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले गणतन्त्र पक्षधरले गम्भीर समीक्षा गरी एक ठाउँमा आउनुपर्ने अपिल गर्नुभएको हो ।

प्रचण्डले भन्नुभयो– ‘म संविधानसभाबाट नयाँ संविधान निर्माण पक्षधरहरूलाई गम्भीर आत्मसमीक्षा गरी मिलेर जान अपिल गर्छु । गणतन्त्र पक्षधरहरू मिलेर मात्रै सबै समस्या समाधान गर्न सकिन्छ । राजावादीहरूको सक्रियताले नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ रणनीतिको खोजी गर्ने अवसर हो ।

कार्यक्रममा प्रचण्डले राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएको दाबी गर्नुभयो । उहाँले त्योभन्दा पनि ठुलो कुरा नयाँ संविधानमा इतिहासमै पहिलोपटक नेपाली जनतालाई सार्वभौम सम्पन्न अधिकारद्वारा सुसज्जित गरेको बताउनुभयो ।

आज यो व्यवस्थामाथि केही मानिसले प्रश्न उठाउने दुष्साहस गरेको भन्दै उहाँले राजा महाराजाहरूले अर्को दुष्साहस गरिए ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।
प्रचण्डले भन्नुभयो– ‘फेरि राजा महाराजाहरूले अर्को मूर्खता नगरियोस् । यदि त्यसो गरियो भने निकै ठुलो मूल्य चुकाउनुपर्ने परिस्थिति आउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय