LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैना

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतको अखिल संयुक्त प्यानल नै विजयी भएको छ ।

निर्वाचन अधिकृत दिनेश पन्थीका अनुसार अखिल संयुक्त प्यानलका उम्मेदवार विज्ञान पाण्डेले ३१३ मत प्राप्त गरेर निर्वाचित हुंदा नपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका मौसम थापा मगरले २५२ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका विशाल पौडेलले ६९ मत प्राप्त गरे । ८७२ मतदाता रहेको रामापुर क्याम्पसमा ६९६ मत खसेको थियो ।

सचिवमा अखिल संयुक्त प्यानलका हिमनारायण पौडेलले ३३३ मत पाएर विजयी हुंदा नेपाल विद्यार्थी संघका विष्णु ढकालले ३२६ मत पाए । कोषाध्यक्षमा अखिल संयुक्त प्यानलकी मेलिना पुलामी मगरले ३५८ मत पाएर निर्वाचित हुँदा नेपाल विद्यार्थी संघका सुभाष पाण्डेले ३०९ मत पाए ।

यस्तै सदस्यहरुमा अखिल संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । जसमा सन्दिका बन्जाडे (३४५), अमृत विक (३४९ं), अमित थारु (३४०), आशिका काफ्ले (३५१) र मयंक कार्कीले (३७९) मत ल्याएर निर्वाचित भएका छन् ।

राती ८ वजे सुरु भएको मत गणना राती साढे १ वजे सकिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय