LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतको अखिल संयुक्त प्यानल नै विजयी भएको छ ।

निर्वाचन अधिकृत दिनेश पन्थीका अनुसार अखिल संयुक्त प्यानलका उम्मेदवार विज्ञान पाण्डेले ३१३ मत प्राप्त गरेर निर्वाचित हुंदा नपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका मौसम थापा मगरले २५२ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका विशाल पौडेलले ६९ मत प्राप्त गरे । ८७२ मतदाता रहेको रामापुर क्याम्पसमा ६९६ मत खसेको थियो ।

सचिवमा अखिल संयुक्त प्यानलका हिमनारायण पौडेलले ३३३ मत पाएर विजयी हुंदा नेपाल विद्यार्थी संघका विष्णु ढकालले ३२६ मत पाए । कोषाध्यक्षमा अखिल संयुक्त प्यानलकी मेलिना पुलामी मगरले ३५८ मत पाएर निर्वाचित हुँदा नेपाल विद्यार्थी संघका सुभाष पाण्डेले ३०९ मत पाए ।
यस्तै सदस्यहरुमा अखिल संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । जसमा सन्दिका बन्जाडे (३४५), अमृत विक (३४९ं), अमित थारु (३४०), आशिका काफ्ले (३५१) र मयंक कार्कीले (३७९) मत ल्याएर निर्वाचित भएका छन् ।

राती ८ वजे सुरु भएको मत गणना राती साढे १ वजे सकिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय