LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकलसँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने निःशुल्क इन्स्टुमेसन तालिमको बुटवलमा शुभारम्भ गरिएको छ ।

रूपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले बोल्नु हुँदै प्राविधिक ज्ञान आर्जन गर्दै सीपको अधिकतम उपयोग गरी उपलब्धि मूलक बनाउन प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।

उहाँले क्षमता विकासमा आधारित तालिमबाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक व्यवसायको क्षेत्र फराकिलो बनाउँदै रोजगारीको अवसर समेत सिर्जना गर्न यस्ता तालिमले सहयोग पु¥याउने आशा राख्दै सिपयुक्त जनशक्तिको उत्पादन गर्न रूपन्देही उद्योग संघले विभिन्न तालिमको आयोजना गर्दै आएको बताउनुभयो ।

इन्स्योर परियोजना लुम्बिनी प्रदेश प्राविधिक अफिसर विनय गौतमले इन्स्योर परियोजना र सीप अभिवृद्धि तालिमको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका अखिलेश कुमार यादवले तालिमलाई प्रभावकारी र सिप योग्य बनाउनका लागि नियमित,अनुशासित र सिकाई योग्य वातावरण सिर्जना गरी तालिम सञ्चालन हुने र तत्काल उद्योगमा रहेको प्राविधिक समस्यालाई सम्बोधन हुने गरी तालिम सञ्चालन गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय