LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन सव डिभिजन वन कार्यालय फायरलाईनको आयोजना तथा उक्त कार्यालय अन्तरगतका साझेदारी वन तथा सामुदायीक वन उपभोक्ता समूहहरुको सहयोग तथा समन्वयमा वन डढेलो नियन्त्रण सचेतना सप्ताह अन्तरगत विहिवार जनचेतनामूलक ¥याली सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कञ्चन सव डिभिजन वन कार्यालय फायरलाईनका अधिकृत प्रेमशंकर गुप्ताले वनमा डढेलो लाग्न नदिन अझ बढी सचेत हुनुपर्ने आवश्यकतामा जोड दिदै सामुदायिक र साझेदारी वनहरुले जोखिमको अवस्था हेरेर मौसमी हेरालु राख्न आग्रह गर्नुभयो । उहाँले डढेलो नियन्त्रण दस्ता तयारी गर्न समेत अनुरोध गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशबाट इजाजत प्राप्त पहिलो टेलिभिजन साझा टेलिभिजनका प्रवन्ध निर्देशक भुवन जिसीले वन नजिकको क्षेत्रमा बसोबास गर्ने जोखिम क्षेत्रका स्थानीय पुरुष तथा महिला दिदी बहिनीहरुलाई तालिम दिनुपर्नेमा जोड दिनुभयो । उहाँले तालिम दिएपछि डढेलो कसरी नियन्त्रण गर्ने, के के कुरामा जोड दिने भन्ने कुरा जानकारी हुने भएकोले जोखिम क्षेत्रका स्थानीयलाई तालिम दिनुपर्ने बताउनुभयो । आगलागी भैहालेमा नियन्त्रणका लागि आवश्यक अग्नी नियन्त्रकको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सालझण्डी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरेन्द्रबहादुर थापाले डढेलोबाट बन जोगाउने कुरा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सवैभन्दा महत्वपूर्ण कुरा वनमा डढेलो लाग्न नदिनु नै ठूलो कुरा हो भन्नुभयो । उहाँले यो क्षेत्रमा डढेलो लागिहालेमा ठूलो वन क्षेत्र भएका कारण समाधानमा समेत चुनौति हुने भएकोले एयर ब्लोर मेसिन प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले सवै सामुदायिक वनले एयर ब्लोर मेसिन खरिद गर्न समेत आग्रह गर्नुभयो ।

कञ्चन सव डिभिजन वन कार्यालयका सहायक बन अधिकृत यमलाल पोखरेलको संचालनमा भएको कार्यक्रममा कञ्चन र सैनामैना क्षेत्रका सामुदायिक र साझेदारी वनका गरि एकसय बढी उपभोक्ताको सहभागिता रहेको थियो । सालझण्डीको पिपलडाँडाबाट सुरु भएकोे ¥याली कञ्चनको बेलडाँडा, गरगरे हुँदै वन कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय