LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेस गैडहवा अन्तरगत वडा नंं ६, ७, ८ र ९ को संयुक्त वडा सम्मेलन शनिवार सम्पन्न भएको छ ।
सम्मेलनमा प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले धारणा राख्दै रुपन्देही क्षेत्र नं. ५ मा एकपटक स्वतन्त्र र दुई पटक एमालेका उमेदवारले बिजय हासिल गरेपनि उनीहरुले केही काम गर्न नसकेको जनताले महसुस गरेको बताउनु भयो ।

उहाँले रुपन्देही क्षेत्र नं. ५ मा भएको विकास नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्पन्न भएको बताउँदै जनताले कांग्रेसबाट मात्रै विकास हुनेकुरा महसुस गरेको उल्लेख गर्नुभयो ।

त्यसैगरी लुम्बिनी प्रदेशसभाका पूर्व सभासद तथा नेपाली कांग्रेसका नेता फकरुद्दीन खानले यसअघि जितेका उमेदवारहरु बाहिर पाहुनाको रुपमा आएर मायाजाल बिछाएर जितेर गएपछि यस क्षेत्रको विकासका लागि केही गर्न नसकेको बताउनुभयो । उहाँले जितेर गएको तीन बर्षमा तीनवटा बजेट सार्वजनिक भएपनि यस क्षेत्रमा ठूला आयोजना र विकासका परियोजना कुनैपनि आउन नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सभामा जितेर गएका प्रदेश सभासदले यस क्षेत्रका जनताको लागि केही पनि काम गर्न नसकेको बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा, नेपाली कांग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर सभापति राधेश्याम गुप्ता, नेपाली कांग्रेस सैनामैनाका नगर सभापति रणबहादुर खनाल तथा रुपन्देही क्षेत्र नं. ५ का सभापति वसिउल्लाह मुसलमान लगायत वडा सभापतिहरुले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय