LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बसिर अहमदको अर्धशतक मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आइतबार भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनको फराकिलो अन्तरले हराउँदै उपाधितर्फ अग्रसर देखिएको हो ।
जारी प्रतियोगितामा आर्मीको यो सातौं जित हो । जितका लागि आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा अलआउट हुँदै ११२ रनमा समेटियो । लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए । मनीष थापा र बिप्रसन केसीले समान १३÷१३ रन बनाएर आउट भए ।
यस्तै, नर सार्कीले १२, निर्मल गुरुङले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न आर्मीका शाहब आलमले सर्वाधिक चार विकेट लिए । आलमले ९.१ ओभर बलिङ गर्दै २ मेडन राखेर २५ रन खर्चिए । नरेन साउदले २ विकेट हात पार्दा सोमपाल कार्मी, आकाश चन्द, बसिर अहमदको नाममा एक÷एक विकेट रह्यो ।
यो नतिजासँगै उपाधि दाबेदार आर्मी १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । समान १४ अंकका साथ अर्को विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ । नेट रनरेटका आधारमा आर्मी दोस्रोमा रहृयो । पराजित लुम्बिनी प्रदेश भने ८ अंकका साथ तालिकाको पाँचौँ स्थानमा यथावत रहेको छ । लुम्बिनीले खेलेका ८ मध्ये चारमा जित र चारमा हार व्यहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय