LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

वल्र्ड लिंकले नेपालभरी १० लाख ग्राहक पुगेको खुसीको अवसरमा नेपालभरीका आफ्ना शाखाहरुमा सोमबार केक काटेर खुसीयाली मनाएको छ ।
कम्पनीले यो उपलब्धिलाई ग्राहकहरुको विश्वास र साथको परिणाम हो भन्दै सवैप्रति धन्यबाद व्यक्त गरेको छ ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकमध्ये एक वल्र्डलिंकले ग्राहक संख्या बढाउँदै जाँदा सेवा विस्तार र गुणस्तर सुधारमा समेत ध्यान दिने प्रतिवद्धता जनाएको छ ।

यसैबीच वल्र्डलिंकको मुर्गिया शाखामा समेत सोमबार एक कार्यक्रमको आयोजना गरि केक काटेर खुसीयाली मनाइएको छ । त्यस अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी साझा टेलिभिजन एचडीका प्रवन्ध निर्र्देशक भुवन जिसीले वल्र्डलिंकले १० लाख ग्राहकको घरमा सेवा पु¥याउन सक्नु वल्र्डलिंकको ठूलो उपलब्धि रहेको चर्चा गर्दै वल्र्डलिंकको सिंगो परिवारलाई बधाई दिनुभयो । उहाँले जनतालाई छिटो सूचना पु¥याउने काममा वल्र्डलिंक परिवारले रातदिन नभनी काममा देखाएको समर्पण र लगावले वल्र्डलिंकको विश्वसनीयता आगामी दिनमा अझै बृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो ।

त्यसैगरी वल्र्डलिंकका मुर्गिया शाखाका प्रमुख बिजनेश अपरेशन म्यानेजर खुमानन्द कँडेलले वल्र्डलिंकले १० लाख ग्राहक पुगेको अवसरमा खुसीयाली साटासाट गरेको बताउँदै आफूहरुको एकमात्र ध्यान ग्राहकको सेवा रहेको बताउनुभयो । उहाँले वल्र्डलिंक परिवार रातदिन ग्राहककै सेवामा तत्पर रहने प्रतिवद्धता जनाउनु भयो ।

वल्र्डलिंकले सैनामैनाको ११ वटै वडामा सेवा पु¥याएको छ । कञ्चन गाउँपालिकाको वडा नं. १ र २ मा समेत सेवा पु¥याएको वल्र्डलिंकले कञ्चन १ हात्तीबजारमा काउण्टर स्थापना गरि विधिवत सेवा प्रदान गर्दै आएको छ । वल्र्डलिंक मुर्गिया शाखाका अनुसार सैनामैना कञ्चनमा गरि वल्र्डलिंकको ६ हजार ५ सय ग्राहक रहेका छन ।
वल्र्डलिंक अन्तरगत चार बर्षअघि आठसय ग्राहकमात्रै रहेकोमा मुर्गिया शाखाको बिजनेश म्यानेजरको रुपमा खुमानन्द कँडेल आएपछि ग्राहकसंख्या आठसयबाट बढेर ६ हजार ५ सय पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय