LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि चैतमा परिषद सभा गर्ने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको विधान अनुसार यहि चैतको २५ गते परिषद सभा गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैंठकले परिषद सभामा कार्यसमितिको तर्फबाट महासचिवले प्रस्तुत गर्ने प्रतिवेदन तयारी तथा परिषद सभाका सदस्यहरुलाई पत्राचार लगायतका जिम्मेवारी पदाधिकारीलाई सुम्पिएको छ ।
त्यसैगरी बैठकले यहि चैत २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभामा संघबाट सहभागि हुने प्रतिनीधि समेत चयन गरेको छ । महासंघको साधारण सभामा सहभागि हुनको लागि संघबाट मुख्य प्रतिनीधिमा अध्यक्ष हरिप्रसाद अर्याल तथा प्रतिनीधिहरुमा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई चयन गरिएको हो । उक्त परिषद सभामा संघले प्रकाशन गरेको २०८२ को क्यालेण्डर समेत विमोचन गरिने छ ।
यसैगरी बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा पुनः ‘विजनेश इन्कुवेशन सेन्टर’ स्थापना हुने भएको छ । संघले उद्यमशिलता विकासका लागि २०७६ देखि विजनेश इन्कुवेशन सेन्टर सञ्चालन गर्दै आएको थियो ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय