LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो फाइनल सम्भावना कायमै राखेको छ । एपीएफले बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै फाइनल सम्भावना जीवित राखेको हो ।
एपीएफको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ८४ रन जोडेपछि एपीएफले कोशीले दिएको २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले शकिब हकको ६८, आइस भट्टराईको ३४, सुजन थपलियाको ३३ र कप्तान अंकित सुवेदीको ३५ रनको मद्दतमा २५४ रन जोडेको थियो । बलिङमा एपीएफका अभिषेक गौतम र मौसम ढकालले ३–३ तथा रोहितकुमार पौडेलले २ विकेट लिए । लोकेश प्लेयर अफ द म्याच भए । अंक तालिकाको तेस्रो स्थानमा रहेको एपीएफले लिग चरणका सबै खेल खेल्दा १४ अंक जोडेको छ ।
एक खेल बाँकी रहेको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ । रनरेटमा आर्मी अघि छ । अन्तिम खेलअघि १६ अंक जोडेको शीर्ष स्थानको नेपाल पुलिस क्लब भने फाइनलमा पुगिसकेको छ ।
अब पुलिस र आर्मीबीच बिहीबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हुने लिगको अन्तिम खेलपछि फाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।
आर्मी फराकिलो अन्तरले पराजित भएमा एपीएफको फाइनल सम्भावना हुनेछ । यद्यपी आर्मी झिनो अन्तरले हारे पनि फाइनलमा पुग्ने सम्भावना छ । कोशी भने प्रधानमन्त्री कपमा ९ खेल खेल्दा केवल १ खेलमा मात्र जित निकाल्न सफल भयो भने अंक तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय